४ असार २०७८, शुक्रबार

एजेन्सी । उत्तर कोरियामा एक किलो केराको मूल्य ४५ अमेरिकी डलर र स्याम्पु २ सय डलरसम्म पुगेको छ । दक्षिण कोरियाली संस्था एनकेन्युजका अुनसार सीमानाकाबाट दैनिक उपभोग्य सामग्रीहरु नभित्रिएपछि महंगी बढेको हो ।

केरा, स्याम्पुसँगै तेल, टुथपेस्टको मूल्य पनि अत्यधिक वृद्धि भएको छ । कोरोना महामारीका कारण उत्तर कोरियामा फलफूल तथा स्वास्थ्य सामग्रीको मूल्य उच्च रहेको बताइएको छ ।

पछिल्लो समय उत्तर कोरियामा अत्यधिक महँगी बढेको छ । तैपनि यस विषयमा उत्तर कोरियाले संकटबारे बाहिर सूचना चुहाउन नदिएको बताइएको छ ।

अमेरिकाको दूत रुपमा रहेका दक्षिण कोरियाले भने उत्तर कोरियाली नेता किम जोङ उनसँग अमेरिकासँग वार्ताका लागि आफ्ना प्रतिनिधिलाई भेट गराएको छ ।

तर, उत्तर कोरियाले अमेरिकासँग ‘वार्ता र संघर्ष’ जुनसुकै अवस्थाका लागि तयार रहने बताएको छ । केही दिन अघि बसेको सत्तारुढ वकर्स पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकमा किमले अमेरिकासँग वार्ता र संघर्ष गर्न जस्तोसुकै कदम चाल्ने बताए ।

एनकेन्युजमा प्रकाशित समाचार :https://www.nknews.org/2021/06/price-spike-shampoo-now-selling-for-200-in-pyongyang-bananas-for-45/?fbclid=IwAR01zZ8SuOJr5YWepIGgayVl8fHhGYCYKWo98jmbmpKPqxPmyOMNNI8OyI4

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV