४ असार २०७८, शुक्रबार

काठमाडौं । ‘आगो पीएर बाँच्ने’ बोलको गीत ‘किड्’ भर्जनमा सार्वजनिक भएको छ । बाल गायिका शिक्षा लिम्बूको स्वरमा रेकर्ड गरिएको गीत शुक्रबार सार्वजनिक भएको हो ।

उक्त गीत म्युजिक भिडियोसहित रिमा इन्टरटेनमेन्ट नामक युट्युव मार्फत सार्वजनिक गरिएको छ ।

गीतमा नारायण रायमाझीको कम्पोज रहेको छ भने जीवननाथ धमलाको शब्द रहेको छ । यसअघि धेरै गायक-गायिकाको स्वरमा यो गीत बजारमा आइसकेको छ ।

यो गीतको ओर्जिनल स्वर भने लक्ष्मी सृजन बजगाइँको रहेको छ । बाल गायिका शिक्षा लिम्बूले आफ्नो पहिलो गीत स्वरुप यस गीतलाई कभरको रुपमा रेकर्ड गराएकी हुन् ।

उक्त गीतलाई यसअघि मेल भर्जनमा गायक प्रशान्त तामाङ र फिमेल भर्जनमा दीपा सुहाङको स्वरमा पनि रेकर्ड गरिएको थियो ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्
LIVE TV