
काठमाडौं । नेपाल विद्यार्थी संघले निषेधाज्ञाका कारण समस्यामा परेका विद्यार्थी र सर्वसाधारणहरुलाई राहत वितरण गरेको छ ।
शुक्रबार नेविसंघ शंकरदेव क्याम्पसले विभिन्न जिल्लाबाट अध्ययनका लागि काठमाडौं आएर बसेका विद्यार्थी र समस्यामा परेका सर्वसाधारणहरुका लागि खाधान्न सामाग्री बितरण गरेको हो ।
निषेधाज्ञाका कारण काठमाडौंमा बसेका बिद्यार्थीहरुलाई दैनिक जिवनयापन गर्न निकै गाह्रो भएको भन्दै राहत बितरण गरिएको नेविसंघ शंकरदेव क्याम्पसका अध्यक्ष विवेक लामाले जानकारी दिए ।
उनले बिद्यार्थीहरुलाई राहत दिनका लागि बिभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको र समस्यामा परेका बिद्यार्थीलाई राहत उपलव्ध गराइएको बताए । उनले दैनिक जीवनयापन सहज नभएसम्म विद्यार्थीलगायत समस्यमा परेकालाई सहयोग गर्ने जनाए ।