४ असार २०७८, शुक्रबार
  • राजेन्द्र अधिकारी,

पोखरा । लकडाउनका कारण पोखरा औद्योगिक क्षेत्रमा रहेका २७ उद्योगहरु बन्द नै भएका छन् । ७७ वटा उद्योगहरु मध्ये बाँकी ५० वटा उद्योगहरु ४० प्रतिशत रुपमा मात्र सञ्चालित रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कामु क्षेत्र प्रवन्धक भूषणकुमार उपाध्यायले जानकारी दिएका छन् ।

निजी क्षेत्रबाट ४ अर्ब भन्दा बढि लगानी रहेको पोखरा औद्योगिक क्षेत्रमा ३ हजार भन्दा बढी मजदुरहरुले प्रत्यक्ष रोजगारी पाएका छन् । प्रदेशकै औद्योगिक हबको रुपमा रहेको यो क्षेत्र चारसय ७२ रोपनीमा फैलिएको छ ।

लकडाउनको समयमा त्यहाँ रहेका दुईवटा अक्सिजन प्लान्टहरु भने २४ सैं घण्टा चलिरहेका छन् । कोरोना महामारीको समयमा गण्डकी प्रदेशमा रहेका सम्पूर्ण सरकारी तथा निजी अस्पतालहरुमा यही दुई कम्पनीहरुले अक्सिजन आपूर्ति गर्दै आइरहेका छन् ।

त्यस बाहेक डेरी, खानेपानी, चाऊचाऊ, विस्कुट लगायतका उद्योगहरु भने निरन्तर चलिरहेका छन् । बाँकी २७ उद्योगहरु लकडाउनपछि सञ्चालनमा आउने प्रबन्धक उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV