४ असार २०७८, शुक्रबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

आफूहरुको पक्षमा बहुमतका साथै आफ्नो पक्ष पार्टीको कार्यदिशा र योजनाको पक्षमा रहेकोले आधिकारिकता दावी गर्दै यादव-भट्टराई पक्षका नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकाले शुक्रबार निर्वाचन आयोग जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा अध्यक्ष महन्थ ठाकुरले ओली सरकारमा सहभागी भएपछि जसपा दुई  ध्रुवमामा विभाजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV