३ असार २०७८, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल सुरु गरेको छ । विहीबार सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेश भएको महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल सुरु भएको कांग्रेस सहमहामन्त्री डा.प्रकाशरण महतले जानकारी दिए ।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ । नयाँ तालिका अनुसार तल्लो अधिवेशन साउन १२ गतेदेखि गर्ने प्रस्ताव छ ।

कांग्रेस सहमहामन्त्री डाक्टर महतले साउन १२ गतेदेखि स्थानीय तहको निर्वाचन सुरु गर्ने र भाद्र १६ गते महाधिवेशन सुरु गरेर १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव बैठकमा आएको जानकारी दिए ।

यस्तै बैठकले कोरोना संक्रमणबाट जोगाउने एक मात्र औषधि खोप भएकाले सबै नागरिकको पहुँचमा खोप उपलब्ध गराउन कांग्रेस बैठकले माग गरेको जानकारी डा महतले द्यिए । कांग्रेसले बैठकले नेपाललाई खोप उपलब्ध गराउन अन्तराष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।

महत्तले विदेशी राष्ट्रहरुले विभिन्न देशलाई उपलब्ध गराउने भनेको खोप नेपाललाई प्राथमिकताका साथ उपलब्ध गराउन आग्रह गरिएको बताए । बाढी पीडितको राहत र उद्धारको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको महतले ताए ।

त्यस्तै कांग्रेस नेता एवं कांग्रेस क्रियाशिल सदस्यता छानविन समिति संयोजक रमेश लेखकले क्रियाशील सदस्यता नविकरणको काम भइरहेको बताए । क्रियाशील सदस्यताको कारणले महाधिवेशन नढकिलिएको भन्दै कोरोना प्रमुख कारण भएको उनले बताए ।

कोरोना महामारीका कारण कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरण प्रभावकारी हुन सकेको छैन । आगामी महाधिवेशनमा १० लाख क्रियाशील सदस्यता वितरण गर्ने कांग्रेसको योजना छ ।

तर, अहिलेसम्म करिब ८ लाखले मात्र क्रियाशील सदस्यता लिएका छन् । बैठक शुक्रबार पनि बस्ने महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV