३ असार २०७८, बिहीबार

काठमाडौँ । नेपाली चलचित्रका नायिका पूजा शर्मा र स्वेता खड्काले सिन्धुपाल्चोकका बाढी प्रभावितहरुलाई सहयोग वितरण गर्ने भएका छन् । शर्मा र खड्का मेलम्ची आएको बाढीका कारण प्रभावित भएकाहरुलाई सहयोग गर्न अगाडि सरेका हुन् ।

नायिका पूजा सिन्धुपाल्चोकका बाढी प्रभावितहरुका लागि शुक्रबार सहयोग वितरण गर्ने तयारी गरेकी छिन् ।

त्यस्तै, नायिका स्वेता खड्काले पनि मेलम्चीको समस्या सबैको समस्या भएको भन्दै शुक्रबार सहयोग वितरण गर्न जाने तयारी गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV