३ असार २०७८, बिहीबार

उदयपुर । प्रहरीले उदयपुरबाट ३ जनालाई पेस्तोल सहित नियन्त्रणमा लिएको छ ।

प्रहरीले त्रियुगाा नगरपालिका–३ मोतिगढाबाट उनीहरुलाई बुधवार राती पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा त्रियुगा–३ बस्ने ५९ वर्षीय पशुराम चौधरी, ५० वर्षीया श्याम कुमारी चौधरी र सप्तरी सुरुङ्गा नगरपालिका–८ बस्ने २३ वर्षीय बबि चौधरी रहेको प्रहरीले जनाएको छ ।

पशुरामको घरमा हातहतियार रहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले यस विषयमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV