३ असार २०७८, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई रु दुई करोड सहयोग गर्ने घोषणा गरेको छ ।

विहीबार महानगरका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई रु दुई करोड सहयोग गर्ने घोषणा गरेका हुन् ।

मेयर शाक्यले काठमाडौंलाई पानी दिएको कारण हेलम्बु र मेलम्चीलाई उक्त रकम सहयोग गरेको बताएका छन् । मेयर शाक्यका अनुसार उक्त रकम बाढी प्रभावितको राहत तथा उद्दारका लागि खर्च गर्नका लागि दिइने भएको हो ।

गत मंगलबार अविरल वर्षासँगै आएको पहिरोका कारण मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका अधिकांश डुवानमा परेको छ । उक्त बाढी कै कारण सयौं जना घरबारविहीन बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV