३ असार २०७८, बिहीबार

काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा पनि जारी छ । निषेधाज्ञालाई केहि खुकुलो बनाएपछि उपत्यकामा सवारी साधानको अत्याधिक चाप देखिएको छ ।

ट्राफिक महाशाखाले काठमाडौँ उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भएको जनाएको छ भने चेकजाच पनि कडाईका साथ गरिएको जनाएको छ ।

बिहीबार निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ५३५ ओटा सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ४२८ ओटा दुई पाङग्रे, ८० ओटा चारपाङ्ग्रे, ४ ओटा ट्याक्सी र २३ ओटा ठूला सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV