३ असार २०७८, बिहीबार

भक्तपुर । २०७८ असार २ गते बुधवार राति अन्दाजी १०ः५० बजे तिन जना सवार मोटर साईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएका छन् । मृृत्यु हुनेमा मोटरसाईकल चालक सोलुखुम्बु चौलाखर्क ३ घर भई हाल काठमाण्डौ काडाघारी बस्ने वर्ष २७ को समेश कुमार बस्नेतको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पछाडी बस्ने अन्य दुई जना उदयपुर ताप्ल गाउँपालिका ५ घर भई हाल काडाघारी बस्ने वर्ष २२ को लोकेन्द मग्राती र सिन्धुली तिनपाटन गाउँपालिका वडा न५ घर भई हाल काडाघारी बस्ने वर्ष २५ को अमित जैरुको त्रि.बि. शिक्षण अस्पताल महाराजगंज काठमाण्डौमा उपचार भईरहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ । भक्तपुरस्थित अरनिको राजमार्ग अन्तर्गत गठ्ठाघर र थिमि चोकको बिचमा पर्ने चार दोवाटो चोकमा मोटर साईकल दुर्घटना भएको हो ।

काठमाण्डौबाट भक्तपुर तर्फ आउदै गरेको बा७७प ५६०५ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई सडकको बिचमा रहेको आईल्याण्डमा ठोकिएर दुर्घटना भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अकिकारी डिएसपी दिपक गिरीले जनाएको छ ।

 

LIVE TV