३ असार २०७८, बिहीबार

मुगु । मुगुमा लगातार तीन दिनदेखि परेको वर्षाका कारण एक दर्जन स्थानमा पहीरो गएको छ । यसका कारण सदरमुकामदेखी मुगमकामारोङ्गको छाईलसम्मको सडक अवरुद्घ भएको छ ।

लगातारको वर्षातले गमगढी छाइल सडक खण्ड अन्तरगतको भट्टडाँडी, सालमि खोला, नाकेभीर, सुनाथ, कम्फा खोला, छाइलबारी लगायतका १२ स्थानमा पहीरो गएर सडक क्षतविक्षत भएको हो । सवारी साधन र स्थानीय बासिन्दालाई सदरमुकाम गमगढी आउजाउ गर्न समेत जोखिम बढेको छ । साथै व्यापार व्यवसाय र खाद्यान्नका सामानहरु ढुवानी गर्न समेत समस्या भएको छ ।

गमगढीदेखि छाईल बजारसम्मको १८ किमि सडकसम्म सवारी साधन अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न, एम्बुलेन्स सेवा सुरु गर्न समेत समस्या आएको स्थानीय बासीहरुको गुनासो छ ।

गमगढी छाइल सडक खण्डको १२ स्थानमा आएको पहिरो हटाउनका लागि केही समय लाग्ने र यसका लागि गाँउपालिका लगायत सरोकारवालाहरुसंग पहल भइरहेको मुगुमकार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV