३ असार २०७८, बिहीबार

एजेन्सी । इटाली युरोपेली च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्विट्जरल्यान्डलाई ३-० गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको हो ।

इटालीलाई सानदार जित दिलाउनको लागि म्यानुएल लोकाटेलीले दुई गोल गरे भने चिरो इम्मोबिलेको एक गोल गरे । एक गोल पहिलो र दुई गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको २६ औं मिनेटमा लोकाटेलीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । उने निको बरेल्लाको पासमा गोल गरेका थिए ।

८९ औं मिनेटमा इम्मोबिलेले गोल गर्दै इटालीलाई ३–० को जित दिलाए । उनले राफाएल टोलोइको पासमा गोल गरेका थिए ।

यस जितसँगै समूहको शीर्ष स्थानमा रहेको इटालीको २ खेलमा ६ अंक रहेको छ । वेल्स २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ । स्विट्जरल्यान्डको १ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV