३ असार २०७८, बिहीबार

एजेन्सी । युरापेली च्याम्पियनसिपमा रसियाले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा रसियाले फिनल्यान्डमाथि १-० गोल अन्तरले पराजित गरेको हो ।

रसियाको पहिलो जितमा एलेक्सी मिरान्चुकले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए ।

कप्तान अर्टिम ज्युवासँगको वान टु वान पासमा मिरानचुकले तीन डिफेन्डरबीचबाट प्रहार गरेको लेफ्ट फुटेट प्रहारले जाली चुम्दा फिनल्यान्डका गोलरक्षक लुकास ह्रादेच्कीले रोक्ने कुनै मौका पाएनन् ।

यो जितसँगै समूह ‘बी’ बाट रसियाले २ खेलबाट ३ अंक जोड्दै नकआउट चरण पार गर्ने सम्भावना जीवितै राखेको छ । समान ३ अंक नै भएपनि बेल्जिय बढी गोलको आधारमा शीर्ष स्थानमा रहँदा फिनल्यान्ड हेड टु हेडमा रसियासँग पछि छ ।

अब रसियाले डेनमार्कसँग तथा फिनल्यान्डले बेल्जियमसँग खेल्न बाँकी छ । बिहीबार राति बेल्जियम र डेनमार्क खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV