२ असार २०७८, बुधबार

ललितपुर । अविरल वर्षासँगै ढल निकास राम्रो नहुँदा ललितपुरको हात्तीवन डुवानमा परेको छ । लगातारको वर्षाले हात्तीवनस्थित खरिवोटमा दुई वटा घर डुवानमा परेका हुन् ।

अव्यवस्थित ढलका कारण हात्तीवन डुवान परेको स्थानीयको भनाइ छ । गतवर्ष पनि यस्तै समस्या भोगेको भएपनि सम्बन्धित निकायले चासो नदिदा योवर्ष पनि क्षति व्यहोर्नु परेको स्थानीयबासीन्दाले जानकारी दिए ।

स्थानीय गोदावरी खोलाको पानी घरमा पस्दा भण्डै एक करोड ५० लाख बराबरको क्षति भएको स्थानीय व्यवसायीको भनाइ छ । गोदाममा रहेका २ सय बोरा भन्दा बढी मसुरोको दाल, २ सय बोरा कालो दाल, ५ सय बोरा चामल लगायत खाद्यवस्तु ढलको पानीले क्षति पुगेको छ ।

सडक बनाउदा गोदावरीदेखिको ढल बनाएको र यो स्थानमा आउदा ठेकेदारले व्यवस्थित नबनाउदा डुबानमा परेको स्थानीय लवकुमार खड्काले जानकारी दिए । सम्बन्धित निकायले ढल निकासमा ध्यान नदिदा डुवानको चपेटामा परेको स्थानीयको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV