२ असार २०७८, बुधबार

एजेन्सी । अमेरिकाको वासिङ्टन राज्यमा कोरोना भाइरस विरुद्धको खोप लगाउन आउने वयस्कहरुले एक खिल्ली गाँजा निःशुल्क प्राप्त गर्नेछन् । वासिङटनको लिक्वर एन्ड क्यानेबिस बोर्डले ‘जोइन्टस् फर ज्याब’ (खोपको बदला गाँजा) योजना तत्काल लागू हुने र जुलाई १२ सम्म जारी रहने घोषणा गरेको हो ।

वासिङ्टन राज्यले आफ्नो राज्यका धेरैभन्दा धेरै जनतालाई कोरोनाविरुद्धको खोपका लागि आकर्षित गर्न यस्तो अनौठो योजना अघि सारेको हो । बोर्डले खोपको पहिलो डोज वा दोस्रो डोज लगाउने २१ वर्ष वा सोभन्दा माथिका वयस्कलाई खोप लगाएको बदलामा तयार गरिएको गाँजाको एक खिल्ली निःशुल्क दिन बिक्रेताहरूलाई भनेको छ ।

वासिङ्टन डीसीले भन्दा पहिले एरिजोनामा पनि खोप लगाएवापत गाँजा दिने अफर ल्याइएको थियो । हालसम्म वासिङ्टनमा ५८ प्रतिशत जनाले कम्तिमा एक डोज खोप लगाएका छन् भने ४९ प्रतिशतले दुवै डोज लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV