२ असार २०७८, बुधबार

एजेन्सी । माइक्रोसफ्टले विण्डोज १० लाई बन्द गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टले अक्टुबर १४, २०२५ देखि विण्डोज १० बन्द गर्ने घोषणा गरेको हो ।

विण्डोज १० अपरेटिङ सिस्टम सार्वजनिक भएको १० वर्षपछि कम्पनीले यसको बन्द गर्ने मिति घोषणा गरेको हो । थुरोटले प्रकाशन गरेको एक रिपोर्टमा कम्पनीले विण्डोज १० होम र प्रोको सपोर्ट बन्द गर्ने मिति तय गरेको जनाएको छ ।

कम्पनीको यो निर्णयले नयाँ अपरेटिङ सिस्टम चाँडै नै सार्वजनिक हुने धेरैको अनुमान छ । अर्को हप्ता माइक्रोसफ्टले गर्ने विण्डोज इभेन्टमा ओएसको ‘नेक्स्ट जेनेरेसन’ सार्वजनिक हुनसक्ने बताइएको छ ।

एक साताअभिमात्र युट्युबमा टिजर सार्वजनिक भएको नै विण्डोज ११ रहेको धेरैको अनुमान छ । विण्डोजको नयाँ आउने संस्करणमा युजर इन्टरफेसमा व्यापक परिवर्तन हुने चर्चा छ जसमा आधुनिक सुविधाहरु थपिने बताइएको छ ।

माइक्रोसफ्टले नयाँ संस्करणको लागि ‘सन भ्याली’ कोडनेममा दिएको छ ।

माइक्रोसफ्टले यसअघि अक्टुबर १३, २०२० मा विण्डोज १० को सपोर्ट बन्द गर्ने घोषणा गरेतापनि नयाँ अपरेटिङ सार्वजनिक नगरी विण्डोज १० मा नियमित अपडेट र सपोर्ट दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV