२ असार २०७८, बुधबार

काठमाडौँ । बुधबार नेप्से सूचक दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ५२.४१ अंकले घटेर २९६९.६९ को बिन्दुमा पुगेको हो ।

आज १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३ सय १९ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१९ कम्पनीको २ करोड ८२ लाख ८९ हजार १ सय २८ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज सीइडिबी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १७ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज माइक्रोफाइनान्स समुह बाहेक सबैको समूहगत सुचक घटेकोे छ ।

अधिकांश हाइड्रोपावर कम्पनीहरुको भाउ सर्किट लाग्ने तहसम्म घटेका छन् । फाइनान्स कम्पनीहरु पनि बेस्सरी प्रभावित भएका छन् । पछिल्ला दिनहरुमा बेस्सरी बढेको समूहहरु हाइड्रोपावर, फाइनान्स र विकास बैंकहरु रहेका थिए ।

आज फाइनान्स समूहको सूचक सर्वाधिक बढी ६.८ प्रतिशत घटेको छ भने हाइड्रोपावर समूहको ४.७५ प्रतिशतले घटेको छ । यस दिन १५ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV