२ असार २०७८, बुधबार

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरको अवधिभित्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २७ पुगेको छ। मंगलबार थप ४१ जनाको मृत्यु भएसँगै मृतक संख्या पाँच हजार बढी हुन पुगेको हो ।

थपसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा चैतको तेस्रो सातादेखि यताको तथ्याकंलाई दोस्रो लहरभित्र समावेश गरिएको छ। यो खबर आजको नागरिक दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV