२ असार २०७८, बुधबार

काठमाडौं । युरोपेली च्याम्पियनसिपमा फ्रान्सले जर्मनीलाई १(० ले पराजित गरेको छ । फ्रान्सको जितमा जर्मन डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै निर्णायक सावित भयो ।

खेलको २० औं मिनेटमा हुमेल्सले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । फ्रान्सका लुकास हर्नान्डेजको क्रस रोक्ने क्रममा हुमेल्सको प्रहारले जाली चुमेको थियो ।

अर्कोतर्फ जर्मनीले २ मिनेट नबित्दै स्कोर बराबर गर्ने अवसर गुमायो । रोबिन गोसेन्सको क्रसमा थोमस मुलरको प्रहारले पोस्टको दिशा लिन सकेन । २७ औं मिनेटमा टोनी क्रुसको प्रहारले गोलरक्षक ह्युगो लोरिसलाई कुनै समस्या दिएन । ३८ औं मिनेटमा इल्काए गुन्डोगनले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्ने अवसर चुकाउँदा फ्रान्सको अग्रता कायम रहयो ।

जर्मनीले २ मिनेट नबित्दै स्कोर बराबर गर्ने अवसर गुमाको थियो । जर्मनीका गिनर्बीले पाएको अवसरमा गोल गर्न सकेनन् । उनले सिक्स यार्डबाट हानेको प्रहार आकासियो ।

६६ मिनेटमा एमबाप्पेले गोल गरे पनि मान्यता पाएन । एमबाप्पेले पोग्बाको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर फिनिस गरेपनि असिस्टेन्ट रेफ्रीले अफसाइड दिएपछि गोलले मान्यता पाएन ।

जितसँगै विश्वविजेता फ्रान्सले समूहमा ३ अंक जोडेको छ। यसअघि यो समूहको खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलले पराजित गर्‍यो।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV