१ असार २०७८, मंगलवार

काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित आकाशे पुलको भित्तामा कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर सेवा गर्नेहरुको सम्मानका लागि चित्र कोरिएको छ । आकाशे पुलको रत्नपार्क पट्टीको भित्तामा साङ्गे ठिन्ले लामा, किपा शेर्पा, सुमिना श्रेष्ठ र राकेश महर्जनले उक्त चित्र बनाएका हुन् ।

लामा, शेर्पा, श्रेष्ठ र महर्जन चारै जना ट्याटू कलाकार हुन् । अग्रपंक्तिमा रहेर काम गरेकाहरुमाथि नै आक्रमणसहितका नकारात्मक समाचारहरु आइरहेका समयमा सकारात्मक सन्देश प्रवाह तथा सम्मानका लागि उक्त चित्र कोरिएको बताइएको छ ।

सामाजिक कार्य तथा राजनीतिक रुपमा पनि सक्रिय बौद्धका युवा दुजाङ्ग शेर्पाको पहलमा उक्त चित्र बनाइएको हो । महामारीको समयमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, पत्रकारसहित अग्रपंक्तिमा खटिनेहरुको सम्मानका लागि चित्र बनाइएको शेर्पाले बताए ।

उनका अनुसार उक्त भित्तेचित्रका लागि करिब एक लाख रुपैयाँ खर्च भएको छ । उक्त खर्च शेर्पा आफैले व्यक्तिगत रुपमा जुटाएका हुन् । उक्त भित्तेचित्रको गत शनिबार औपचारिक उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV