१ असार २०७८, मंगलवार

काठमाडौं । नेपाल रिकन्डिसन अटो व्यवसायी संघले आफ्नो ३०० जना सदस्यहरुलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ । मंगलबार संघका कार्यकारी अध्यक्ष रमेश कोइरालालगायतको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई भेटेर खोप उपलब्ध गराउन माग गरेको हो ।

कार्यकारी अध्यक्ष कोइरालाले अग्रभागमा बसेर ब्यवसाय गर्नुपर्ने भएकाले कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि संघका ३०० जना सदस्यहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्यमन्त्री तामाङसँग माग गरेका हुन् ।

कोइरालाले स्वास्थ्यमन्त्री तामाङलाई बुझाएका पत्रमा उल्लेख गरिएको छ, ‘कोभिड–१९ महामारीको यो विषम परिस्थितिमा हामी व्यवसायीहरुले अग्रभागमा बसी ब्यवसाय गर्नुपर्ने भएकोले महामारीबाट बच्न र बचाउन सकियोस् भन्ने उद्देश्यले हाम्रा ३०० जना सदस्यहरुलाई भ्याक्सिन उपलब्ध गराइदिनुहुन माननीय मन्त्री ज्यूसमक्ष हामी आएका छौं ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV