१ असार २०७८, मंगलवार

बर्दिया । बर्दिया जिल्ला प्रहरी कार्यालय बर्दियाले ब बढैयाताल गाउँपालिकामा रहेका गन्धर्व बस्तिमा सुरक्षा सामग्री वितरण गरेको छ ।

कोभिड-१९ महामारीको संक्रमणको जोखिम न्यूनीकरणमा सघाउ पुर्याउने उद्देश्यका साथ स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

लामो समय देखि बढैयाताल गाउँपालिका वडा नम्बर ४ गन्धर्व बस्तीमा बसोबास गरी रहेका गन्धर्व समुदायका ७० घर(परिवारका लागि मास्क र साबुन लगायतका स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरियको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो ।

प्रहरी जनताको दुखमा पनि समावेश हुने गरेको हुँदा यस पटक बर्दियाको गन्धर्व बस्तिका ७० परिवारलाई स्वास्थ्य सामग्री वितरण गरिएको कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV