१ असार २०७८, मंगलवार

काठमाडौँ । गायक हेमन्त शर्मा आफ्नो नयाँ यूगल गीत ‘ए मेरो असफल मायालु‘’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

यो गीतको म्युजिक भिडियो गायक शर्माकै यूट्युबमार्फत सार्वजनिक भएको छ ।

गीतमा गायक शर्माकै शब्द तथा संगीत रहेको छ भने । गायक शर्मालाई गायिका एलिना चौहानले गायनमा साथ दिएकी छिन् ।

गीतको म्युजिक भिडियोमा गायक शर्मा तथा गायिका चौहानले नै अभिनय गरेका छन् ।

निकेश खड्काद्वारा निर्देशन गरिएको उक्त भिडियोलाई बुद्ध थापाले छायांकन गरेका छन् भने विकास धमला यसका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV