१ असार २०७८, मंगलवार
  • दान बहादुर बुढा,

मुगु । जिल्ला कोभिड ब्यवस्थापन समिति मुगुले जिल्लाभर जारी निषेधाज्ञा थप दश दिन लम्ब्याउने निर्णय गरेको छ । जेठ ३१ गते बसेको कोभिड ब्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिम नघटेको भन्दै सदरमुकाम गमगढी बजार र चार वटा स्थानीय तहहरुमा समेत लागू हुने गरी थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर शिवाकोटीका अनुसार पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या घट्नुका साटो बढिरहेकाले पुनः दश दिन निशेधाज्ञा थप गरिएको बताए ।

खाद्यान्न पसलहरु बिहान ६ बजेदेखि १२ बजेसम्म सन्चालन गर्न पाउने गरी थप १० दिन निशेधाज्ञा थप गरिएको प्रजिअ शिवाकोटीले बताए । साथै, निशेधाज्ञाको उल्लंघन गर्नेलाई कानूनी कारबाही गर्ने पनि उनले बताए ।

पछिल्लो समयमा मुगुमा २ हजार ६ सय ८१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये जिल्ला अस्पतालमा ५ जनाको उपचार भइरहेको छ । त्यस्तै, स्वास्थ्य केन्द्र रातापानीमा १४ जनाको उपचार भइरहेको छ, भने होम आइसोलेसनमा २ सय ८१ जना रहेका छन् ।

हालसम्म मुगुमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या २ सय ९१ जना रहेका छन्, भने कोरोनाका कारण ज्यान गुमाउनेको संखया ३ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV