१ असार २०७८, मंगलवार

गुल्मी । अविरल वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खसेपछि गुल्मीको मुख्य दुई ठूला सडक अवरुद्ध बनेका छन् । रिडी तम्घास सडक र रिडी रुद्रवेणी सडकखण्ड अवरुद्ध बनेका हुन् ।

तम्घास–रिडी सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका-१३ स्थित भंगेरी खोलामा गएराति पहिरो खसेपछि सडक बन्द भएको हो । भंगेरीमा रिडी तर्फबाट आएका र तम्घासबाट रिडीतर्फ जान लागेका गाडीहरु रोकिएका छन् ।

दुवैतर्फ रोकिएका गाडी केही समयपछि प्रहरी र स्थानीयले पहिरो पन्छाएर गाडी पास गराउने र माथिबाट पहिरो खसेको खसै गरेकोले प्रशासनलाई भनेरै उक्त सडक पहिरो नरोकिएसम्म बन्द गराउन लागिएको त्यस वडाका वडाध्यक्ष खुम खत्रीले जानकारी दिए ।

त्यसैगरी गुल्मीकै रिडी-रुद्रवेणी सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका-२ साँघुरेमा बिहान सडक माथिबाट ठूला-ठूला ढुंङ्गासहितको पहिरो खसेपछि त्यो सडक पनि ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV