१ असार २०७८, मंगलवार

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्ने बताएका छन्।

सोमबार नुवाकोटमा आयोजिक एक कार्यक्रममा बोल्दै नेता केसीले सरकारले विकास र समृद्धिका ठुला कुरा नगरी यतिखेर नेपालीको जीवन रक्षाका लागि राज्यको सम्पूर्ण शक्ति र सम्पति लगाउनुपर्ने बताएका हुन् ।

केसीले भने, हामी सरकारलाई पनि भन्न चाहान्छौं, अहिले तिमी ठूला–ठूला विकास, समृद्धिका सपना, झुटको खेती नगर । भएभरको राष्ट्रिय शक्ति र सम्पत्तिको कोभिड महामारीबाट मुक्त बनाउनका लागि प्रयोग गर ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV