१ असार २०७८, मंगलवार

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन आयोगको भूमिका पूर्वाग्रहपूर्ण रहेको टिप्पणी गरेको छ। यादवले आफूले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई गरेको कारबाहीलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण भएको बताएका हुन् ।

मंगलबार विज्ञप्ति प्रकाशित गर्दै यादवले निर्वाचन आयोगजस्तो संवैधानिक निकाय पूर्वाग्रही देखिएको बताएका छन्।

विज्ञेप्तीमा भनिएको छ, निर्वाचन आयोगजस्तो संवैधानिक निकाय पूर्वाग्रहरहित भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हितअनुरुप निर्वाचन आयोगले गरेको उक्त निर्णय मान्य हुन सक्दैन र यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि नै गंभीर शंका उत्पन्न भएको छ ।

१७ जेठको जसपा केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट महन्थ ठाकुर, राजेन्द्र महतोसहितका चारजना नेतालाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा बर्खास्त गर्ने निर्णय गरेको थियो। त्यसको प्रतिलिपीसहित जसपाले आयोगमा दिएको निवेदन ३० जेठमा आयोगले अस्वीकृत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
LIVE TV