१ असार २०७८, मंगलवार

एजेन्सी । युरोपेली च्याम्पियनसिपमा पोल्यान्ड स्लोभाकियासँग पराजित भएको छ । गएराति भएको खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ गोलअन्तरले पराजित भएको हो ।

खेलको १८ औं मिनेटमा स्लोभाकियाले आत्मघाती गोलको सहाराले अग्रता लिएको थियो । रोबर्ट म्याकले बायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै पेनाल्टी क्षेत्र भित्रसम्म आएर गरेको प्रहार गोलमा परिणत भएको थियो । गोलरक्षक वोजचिएक सेचेज्नीले बल बचाउने प्रयास गर्दा उनलाई लाग्दै बल गोल भएको थियो ।

तर, खेलको ४२औं मिनेटमै पोल्यान्डका मेसिज रुबसको प्रहारलाई करोल लिन्टेले गोलमा परिणत गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा रोकिएको थियो ।

दोस्रो हाफमा पोल्यान्डका गजेगोस क्रुकोवियाकले दोहोरो फल गर्दै रेड कार्ड पाएका थिए । क्रुकोविस बाहिरिएर १० खेलाडीमा समेटिए पनि बल पोसेसनमा उत्कृष्ट देखिएको पोल्यान्डले थप गोल गर्न सकेन।

बरु ६९औं मिनेटमा स्लोभाकियाका मिलन सृन्करले गोल गर्दै स्लोभाकियलाई २–१ गोलको अग्रता दिलाए। यो अग्रतासाथ स्लोभाकियाले खेल जित्यो।

यससँगै समुहमा स्लोभाकिया ३ अंक जोड्दै शीर्ष स्थानमा छ भने अंकविहिन पोल्यान्ड पुछारमा रहेको छ । ने समान १–१ अंक भएका स्पेन र स्विडेन दोस्रो र तेस्रो स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV