१ असार २०७८, मंगलवार

एजेन्सी । युरोपेली च्याम्पियनसिपमा स्पेन स्वीडेनसँग रोकिएको छ । गएराति स्पेनिस सहर सेभिल्लीको डि ला कुर्टजा रंगशालामा भएको खेलमा स्पने स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको हो ।

उत्कृष्ट प्रदर्शन गर्दै स्पेनले खेलको ८६ प्रतिशत समय बलमा नियन्त्रण बनाउन सके पनि गोल गर्न सकेन्। स्पेनका फरवार्डको कमजोर प्रदर्शनसँगै स्वीडिस गोलरक्षकले एकपछि अर्को बचाउ गरे ।

स्पेनले १७ पटक पोस्टमा प्रहार गर्दा गर्दा पाँच पटक बलले सही दिशा लिएको थियो। तर, ति सबै प्रहार किपर जेरार्ड मोरेनोले बचाए ।

यस बराबरीसँगै स्पेन र स्वीडेनले पहिलो खेलमा एक एक अंक बाँडेका छन् । समुहमा स्लोभाकिया ३ अंक जोड्दै शीर्ष स्थानमा छ भने अंकविहिन पोल्यान्ड पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV