३१ जेष्ठ २०७८, सोमबार

बाजुरा । गत बैशाख २२ गते देखि जारी निषेधाज्ञा सोमवार पनि थपेर असार सात गते सम्म लम्ब्याएको हो। जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो पार्दै एक हप्तासम्म थप्ने गर्ने निर्णय भएको हो।

सोमबार दिउसो जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी असार ७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीद्वारा जारी गरिएको आदेश पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV