३१ जेष्ठ २०७८, सोमबार
  • विनय तिम्सीना,

इलाम । इलाममा आज थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इलाममा आज ५६ जना थपिएसँगै संक्रमितको संख्या १५ सय २५ पुगेको छ ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा इलाम नगरपालिकाका ६ महिला र १ पुरुष, सूर्योदय नगरपालिकामा २ महिला र २ पुरुष, माङसेवुङ गाउँपालिकामा ७ महिला र १३ पुरुष, रोङ गाउँपालिकामा ५ महिला र ८ पुरुष र माई नगरपालिका ६ महिला र ६ पुरुष रहेका छन् ।

थप एकको मृत्यु

इलाममा आज कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएको छ । इलामको माङसेवुङ गाउँपालिक ५८ वर्षीय पुरुषको मृतयु भएको हो । हालसम्म इलाममा ३५ जनाको मृत्यु भइसकेको छ । इलाममा हालसम्म ९२३ जना संक्रमितले स्वास्थ्यलाभ गरिसकेका छन् ।

 

LIVE TV