३१ जेष्ठ २०७८, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन्।

नेपाललाई भेट्न सभापति देउवा सोमवार साँझ नेपाल निवास कोटेश्वर पुगेका हुन् । देउवाको साथमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि कोटेश्वर पुगेका छन्। उनीहरूबीच भेटवार्ता जारी छ।

सभापति देउवा र नेता नेपालबीच साँझ पौने ६ बजेदेखि छलफल भइरहेको स्रोतले जनाएको छ । एमालेभित्रको विवाद समाधानउन्मुख रहेको चर्चाबीच देउवा नेपाललाई भेट्न उनकै निवासमा पुगेका हुन्।

देउवालाई संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री बनाउन एमालेको नेपाल समूहले हस्ताक्षर गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV