३१ जेष्ठ २०७८, सोमबार

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले माओवादी केन्द्रका जिल्ला नेता दिपक पाण्डेयलाई गोली प्रहार गरि हत्या गर्ने कार्यमा संलग्न व्यक्ति सहित हतियार बिक्री बितरण गर्ने गिरोहका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गोली प्रहार पछि घाईते भएका पाण्डेयको उपचारका क्रममा जेठ १० गते काठमाडौँको शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

पाण्डेय सहित तिन जना मोटरसाईकलमा सवार भई तौलिहवा फर्किदै गर्दा गोली प्रहार भएको थियो । सो सम्बन्धमा प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी नेतृत्वको टोलीले अनुसन्धानका क्रममा घटनामा संलग्न कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओम प्रकाश यादव र उनले लुकाई राखेको पेस्तोल एक थान, सो को म्याग्जिन तथा ६८ राउण्ड गोली रामद गरेको छ ।

त्यसैरी हत्यामा संलग्न कपिलवस्तु नगरपालिका २ बस्ने साकिर अलि पखिया र उनले प्रयोग गरेको कटुवा पेस्तोल र सोमा लाग्ने गोली २ थान तथा कपिलवस्तु नगरपालिका वडा नम्बर २ घर भई वडा नम्बर ६ ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान र निजले वारदातमा प्रयोग गरेको स्वचालित पेस्तोल सो को म्याग्जिन तथा ८ राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।

प्रहरीले साकिर अलि पखियाले हत्यामा प्रयोग गरेको कटुवा पेस्तोल आफ्नो घरमा लुकाउने कपिलवस्तु नगरपालिका १ का पुर्ण बिर पाल्पालीलाई समेत नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्नता रहेका ओम प्रकाश यादवसँग अनैतिक सम्बन्ध रहेकै कारण मृतक दिपक पाण्डेयकी श्रीमती महिमा पाण्डेयको मुख्य योजनामा दिपकको हत्या भएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

मृतक दिपककी श्रीमती महिमाकै मुख्य योजनामा दिपकको हत्या गरिएको अनुसन्धानमा खुल्न आएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले पाण्डेय हत्यामा आवश्यक पर्ने हतियार उपलब्ध गराएका र हतियार राख्न सहयोग पुर्याएका ६ जनालाई नै नियन्त्रणमा लिएको छ ।

प्रहरी नियन्त्रणमा आएका हतियार बेचबिखन र ओसारपसारमा संलग्न व्यक्तिहरुमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ बरदहवाका सद्दाम हुसेन खान, सोहि वडाको बरगदवाका प्रबिण गुप्ता, यशोधरा गाँउपालिका ४ का ज्ञानेन्द्र कुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का श्रीराम कुर्मी, वडा नम्बर १ मस्जिदटोलका नरसत अलि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV