३१ जेष्ठ २०७८, सोमबार

कास्की । जेठ २३ मा सर्वोच्च अदालतले गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको थमौतीमा राखेको सांसद पद अन्ततः खारेज गरिदिएको छ ।

सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुनबमोजिम नै रहेको ठहर गर्दै थापाको सांसद पद खारेज गरिदिएको हो ।

आदेशमा भनिएको छ, ‘यस अवस्थामा विपक्षी निवेदक थापालाई जेठ २३ मा जारी भएको अन्तरिम आदेशको कार्यान्वयमा हाल आवश्यकता र उपयुक्त रहेको नदेखिँदा सो मितिमा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन नगरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(७) बमोजिम खारेज गरिदिएको छ, अरु नियमानुसार गर्नु !’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV