३१ जेष्ठ २०७८, सोमबार

नवलपरासी । प्रहरीले तास खेल्दै गर्दा पूर्वी नवलपरासीबाट ८ जनालाई नियन्त्रमा लिएको छ ।

प्रहरीले कावासोती नगरपालिका–२ लोकतन्त्र चोकस्थित रामजी पाण्डेको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय सागर कुँवर लगायत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त घरमा जुवातास खलिरहेको भन्ने सूचना हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ३२ हजार ६ सय ९५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV