३० जेष्ठ २०७८, आईतवार

तेह्रथुम । आठराई गाउँपालिका अध्यक्ष विष्णु बिक्रम लिम्बू (मानबहादुर)ले नेकपा एमाले फुट्नु नहुने तर्क गर्नुभएको छ । आफू पार्टीको सदस्य मात्रै भएको नाताले पनि पार्टी फुट्नु दुखद हुने उहाँले बताउनु भएको छ ।

पार्टीको जुनै पदमा रहेपनि आफू एमाले पार्टीको सूर्य चिन्हबाट विजयी भएर गाउँपालिका अध्यक्ष बनेको बताउदै पार्टी एकबद्ध होस भन्ने चाहना भएको उहाँको भनाइ छ ।

‘अहिले म पाटीको चाराने सदस्य हो कि हैन, त्यो त मलाई थाहा छैन, तर म आठराई गाउपालिका अध्यक्ष सूर्य चिन्हबाट जितेर भएको छु, चाहे म जहाँ बसौँ तर मेरो पाटी एकताबद्ध होस्’ – उहाँले भन्नु भएको छ ।

त्यस्तै उहाँले पार्टी एकबद्ध भए आफू फलफुल खेती गरेरै बस्न तयार भएको उहाँले भन्नु भएको छ । सामाजिक संजालमा सानो आँपको विरुवामा फल लागेको फोटो राख्दै पार्टी एक भए आफू आँप लगायत फलफुल खेती गरेर बस्न तयार रहेको उहाँले बताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV