३० जेष्ठ २०७८, आईतवार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले खुवालुङको विषयमा भ्रामक प्रचार भएको बताउनु भएको छ ।

रेल विभाग, नेपाल रेलवे कम्पनी, नेपाल पानी जहाज कार्यालय र यातायात व्यवस्था विभागका प्रमुखहरुसँगको भर्चुअल बैठकमा उहाँले खुवालुङको विषयमा गलत प्रचार भइरहेको बताउनु भयो ।

किराती संस्कृति, सभ्यता र मुन्धुमसँग जोडिएको उक्त खुवालु ढुंगा सरकारले क्रेन लगाएर फुटाउन लागेको भन्दै केहि विरोधिहरु भ्रामक प्रचारमा लागेको उहाँले बताउनु भयो ।

‘प्रदेश सरकारले समेत उक्त खुवालुङ ढुंगा संरक्षणका लागि नीति तथा कार्यक्रममा राखेको छ । यो दायित्व पनि हो’, उहाँले भन्नुभयो, ‘सरकारका जनमुखि कामलाई विरोध गरेर राजनीति गर्न थालिएको छ । सरकारले खुवालुङको संरक्षण गर्छ । यो विषयमा कोहि कसैले राजनीति नगर्दा हुन्छ ।’

उहाँले नेपाल पानीजहाज कार्यालयलाई यस्तो साँस्कृतीक महत्व र जनभावना संग जोडिएको विषयमा संवेदनशिल भएर काम अगाडी बढाउन निर्देशन समेत दिन भयो ।

‘खुवालुङको सन्दर्भका उठेको जनआवजलाई राम्रो ध्यान दिएका छौ । त्यहि भएर उपभोक्ता समिति बनेको छ’, उहाँले भन्नुभयो, ‘कार्यान्वय गर्ने निकायलाई समेत त्यहाँको साँस्कृतिक संवदेनशिलता र जनभावनालाई ध्यानदिन अनुरोध गर्दछु।’

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले समेत धारणा राख्नु भएको थियो । भर्चुअल प्रगति समिक्षा गोष्ठीमा रेल विभागको महानिर्देशक प्रमिलादेवी बज्राचार्य, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई, नेपाल पानीजहाज कार्यालयका प्रमुख विपिन अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरले हालसम्मका आर्थिक, भौतिक प्रगति तथा बेरुजु फस्यौटको अवस्थाबारे प्रस्तुती राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV