३० जेष्ठ २०७८, आईतवार

काठमाडौं । गायक केशव भावुकको नयाँ गीत ‘म मजदुर मायाको’ रिलिज भएको छ । नमिता दवाडीको शब्द तथा उदयराज पौडेलको एरेञ्ज रहेको सार्वजनिक गीतलाई केशव आफैले संगीतबद्ध गरेका हुन् ।

गीतलाई अशोक महर्जनले मिक्सिङ गरेका हुन् । मिराज अर्यालले निर्देशन गरेका गीतको भिडियोमा उदिराम खड्का, विवेक खड्का, मनोज खड्का र दीपक बीटीएल फिचर्ड छन् ।

गीतको भिडियोलाई निर्देशक अर्याल आफैले छायाङ्कन, सम्पादन गरेका हुन् । भिडियोलाई महेश बाबु दवाडीले निर्माण गरेका हुन् ।

सार्वजनिक ‘म मजदुर मायाको’मा प्रेम, विरह र विछोडका कथालाई प्रस्तुत गरिएको छ । जसको कारण पनि गीतले दर्शकहरुको मन छुनेमा गायक भावुक विस्वास्त छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV