३० जेष्ठ २०७८, आईतवार

काठमाडौं । यूरोपेली सङ्घ (ईयू) का तीन सदस्य राष्ट्र स्लोभेनिया, अष्ट्रिया र माल्टाले कोरोना महामारीबिरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोभिडको महामारीविरुद्ध लड्न नेपाललाई सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत अनुदानस्वरुप उक्त देशले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध प्रदान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार नेपालस्थीत यूरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विशेषज्ञ डा रोशन पोखरलेलाई ती सामग्री हस्तान्तरण गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हस्तान्तरित सामग्रीमा ३० हजार थान फेस मास्क, एक लाख थान निट्राइल् पञ्जा, १२ हजार ५०० थान प्रोटेक्टिभ् गगल्स, एक लाख थान प्रोटेक्टिभ मास्क रहेका छन् ।

त्यस्तै ६ लाख थान नन–स्टेराइल् मेडिकल मास्क, ५० हजार थान, भल्भ्रहित एफ्एफ्पी मास्क, एक हजार वटा पल्स अक्सिमिटर, दुई हजार ४०० वटा एन्टिजेन टेस्ट किट, १३० वटा नन्–कन्टयाक्ट् इन्फ्रारेड थर्माेमिटर र पाँच हजार थान फेस शिल्ड छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV