३० जेष्ठ २०७८, आईतवार

काठमाडौं । माइटी गरुडा च्यारिटेवल ट्रष्टले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ । आइतबार काठमाडौंको गोकर्णेश्वर ५ जोरपाटीमा ट्रष्टले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाइ चामल, दाल नूनलगाएतका खाद्यान्न सामग्री सहयोग गरेको हो ।

त्यस्तै संस्थाले नगरपालिकाको जगडोलमा सञ्चालन गरेको आइशोलेशन सेन्टरका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालीकाका मेयर सन्तोष चालिसेले समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्नु स्वागतयोग्य कदम रहेको भन्दै यसमा नगरको साथ र सहयोग रहेको धारणा राख्नुभयो ।

त्यस्तै माइटी गरुडा च्यारिटेवल ट्रष्टका संयोजक एवं दलित विद्यार्थी संघका अध्यक्ष राजु सुनारले निषेधाज्ञाले सर्वसाधारणलाई निकै असर परेको भन्दै समस्या समाधानका लागि सहयोग गरेको बताए ।

संस्थाले निषेधाज्ञाका कारण समस्यामा परेका नागरिकका लागि ट्रष्टले हेल्प सेन्टर नै सञ्चालन गरेको जनाएको छ । अप्ठेरोमा परेका नागरिकलाई आवश्यक सहजीकरण गर्ने काम पनि गरिएको ट्रष्टले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV