३० जेष्ठ २०७८, आईतवार

काठमाडौं । नेपाल क्वान मुकान काराँते डो संघले खेलाडी, विपन्न परिवार तथा अशक्त परिवारलाई राहत वितरण गरेको छ ।

संघले शनिबार विभिन्न क्षेत्रका खेलाडि, खेलाडिका परिवार, ज्याला मजदुरी गर्ने र अशक्त गरि ८१ घर-परिवारलाई राहत वितरण गरेको हो । राहत संघको केन्द्रीय कार्यलय हनुमानस्थान अनामनगरबाट वितरण गरिएको थियो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुद्धिरहेका खेलाडी, विपन्न परिवार तथा अशक्त परिवारलाई आफ्नै मापदण्ड बनाएर संघले खाद्यान्न वितरण गरेको हो । संघले राहतस्वरुप चामल, दाल, नुन, तेल, चिउरालगायतका सामग्री प्रदान गरेको छ ।

संघको संस्थापक तथा प्रमुख प्रशिक्षक जनक सुवेदीको पहलमा उक्त राहत वितरण गरिएको संघले जनाएको छ । राहत प्रशिक्षक मकर बहादुर श्रेष्ठ र विकुम श्रेष्ठले वितरण गरेका थिए । संघले यो दोस्रो पटक राहत वितरण गरेको हो ।

निषेधाज्ञाले दैनिक कामकाज गरेर पेट पाल्ने परिवार काम नहुँदा भोकै बस्न नपरोस् भनेर विपन्न परिवार तथा खेलाडिका परिवारलाई राहत वितरण गरिएको प्रशिक्षक श्रेष्ठले बताए ।

तस्वीर : महेश्वर के.सी/न्युज २४ नेपाल

प्रतिक्रिया दिनुहोस्

LIVE TV