२९ जेष्ठ २०७८, शनिबार
  • प्रकाश न्यौपाने,

रुपन्देही । सरकारले कृषि यान्त्रिकरणको माध्यमबाट कृषिको दिगो अर्थिक बिकास गर्ने लक्ष्य नलिएको होइन । तर हाम्रा दुई ठुला छिमेकी राष्ट्रहरुले कृषिमा ठूलो फडको मारे पनि नेपालको कृषि अझै परम्परागत हाते यन्त्र र पशुद्धारा सञ्चालित उपकरणमै आश्रित छ ।

बरु कृषिलाई ब्यवसायिक बनाउन आधृनिक प्रविधिसहित उपकरणको प्रयोगमा बृद्धि गर्नुपर्ने तर्फ स्थानीय सरकार सक्रिय हुन थालेका छन् । रुपन्देहीको स्मार्ट कृषि गाँउ मंगलपुरलेकिसानहरुलाई अनुदानमा यान्त्रिक औजार वितरण गरेको छ ।

कृषि यान्त्रिकरणको माध्यमबाट कृषि व्यवसायको आधुनिकीकरण गर्दै दिगो आर्थिक विकास गर्ने सरकारको लक्ष्य अनुसारआधुनिक तरिकाले कृषि पेसा गर्न तिलोत्तमा १४ मा रहेको मंगलपुर स्र्माट कृषि गाउँले अनुदानमा मिनी टिलर ६ वटा, पावर टिलर चारवटा, पम्पसेट १२ वटा, मोटर पाँचवटा, डिजिटल काँटा १५ वटा, स्प्रे ट्यांकी ३० वटा, डेलिभरी पाइप एक हजार ६० केजी लगायतका उपकरण वितरण गरेको हो ।

यान्त्रिकरणमा जाँदा जनशाक्ति कम लाग्ने र लागत घट्ने गर्छ । बाइटः मनिषा पौडेल, कृषि प्रसार अधिकृत, कृषि ज्ञान केन्द्र नवलपरासी मंगलपुर स्मार्ट कृषि गाउँलाई कृषि ज्ञान केन्द्रबाट ५० लाख बजेट बिनियोजन गरिएको थियो । जसमा ३० लाख ज्ञान केन्द्रले र २० लाख स्थानीय तह र किसानले लगानी गर्ने सम्झौतामा उल्लेख थियो ।

तर तिलोत्तमा नगरपालिकाले स्मार्ट कृषि गाउँमा लगानी नगरेको किसानहरुले दुखेसो छ । अहिले ३९ लाख ५२ हजार मूल्य बराबरका उपकरण स्मार्ट कृषि गाउँ मंगरपुरले वितरण गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV