२९ जेष्ठ २०७८, शनिबार

काठमाडौ । चन्द्रागिरी नगरपालिका वडा नं २ चन्डिभञ्जाङ्गमा चिसापानी युवा समूहले रक्तदानको आयोजना गरेको छ ।

शनिबार माध्यामिक विद्यालयमा एक कार्यक्रमका बीच रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा ६० जना महिला पुरुषले रक्तदान गरेको चिसापानी युवा समुहका भाईकृष्ण तमाङ्गले बताएका छन् ।

कोभिड-१९ अर्थात कोरोना भाइरस सक्रमणले निषेधाज्ञा जारी रहेको अबस्था रगतको कमि हुन नदिन चिसापानी युवाहरुको सक्रियतामा रक्तदान कार्यक्रम भएको थियो ।

निषेधाज्ञाको कारण रक्तदान कार्यक्रम पनि जति हुनु पर्ने थियो त्यति कार्यक्रम हुन नसक्दा आंशिक रुपमा रगत अभाव हुन थालेको छ । चिसापानी युवा समुहको आयोजना भएको रक्तदान कार्यक्रममा कान्तिपुर अस्पताल काठमाडौको सहकार्य रहेको थियो । ४६ पुरुष र १४ महिला गरि ६० जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV