२९ जेष्ठ २०७८, शनिबार

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित ५ मन्त्रीले शपथ ग्रहण गरेका छन् । आज (शनिबार) राति प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीसहित मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

शपथ ग्रहण गर्नेहरुमा मुख्यमन्त्री पोखरेल, मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् ।

मन्त्री बनेकाहरुले विनाविभागीय रुपमा शपथ लिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV