२९ जेष्ठ २०७८, शनिबार

काठमाडौं । नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको म्याथ क्लबले ‘दोस्रो भर्चुअल म्याथ क्याम्पफायर’ सञ्चालन गर्ने भएको छ । क्लबले पाँच वटा प्रमुख उदेश्यहरु राखेर ‘म्याथ क्याम्पफायर’ सञ्चालन गर्न लागेको हो ।

प्रमुख पाँच उदेश्यहरुमा ‘गणितलाई संस्कृतिसँग जोड्दै प्रविधिकको प्रयोगद्वारा सहभागीमाझ सजिलै प्रस्तुत गर्ने’, ‘गणितलाई दैनिक जीवनमा सांस्कृतिक कलाकृतिमा देखाउने’, ‘नेतृत्वदायी भूमिका, व्यक्तित्व विकास, प्रस्तुतीकरण क्षमता अन्तरक्रियात्मक क्षमता विकास’, ‘विद्यार्थीलाई सानै उमेरदेखि गणितको उपयोगिताको सकरात्मक छाप दिने’ र कार्यक्रमको माध्यमबाट सहकार्यात्मक तथा पेसागत सञ्जाल बढाउन’ रहेका छन् ।

कक्षा चारदेखि १० सम्मका विद्यार्थीहरूले सहभागी जनाउने ‘म्याथ क्याम्पफायर’ असार चौधमा सञ्चालन गरिने भएको छ । गणित क्याम्पफायरमा भाग लिनका लागि विद्यार्थीहरुले म्याथ क्लबद्वारा प्रदान गरिएको फारम भर्नु पर्नेछ ।

गणित क्याम्पफायर कार्यक्रममा सहभागी हुन कुनै पनि शुल्क नलाग्ने आयोजक नवोदय म्याथ क्लबका अध्यक्ष इशान शमो जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV