२९ जेष्ठ २०७८, शनिबार
  • सुरेश श्रेष्ठ,

दाङ । दाङको लमहीमा गएराति गाडी तोडफोड गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सूचना पाएको ६ घण्टाभित्र उक्त युवाहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा लमही नगरपालिका–५ रातोडाडा निवासी २६ वर्षीय रोशन भेटवाल र वडा नम्बर ६ देउपुर निवासी २७ वर्षीय सुदन केसी रहेका वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

प्रहरी नियन्त्रणमा रहेका भेटवाल र केसीले कुनै ब्यक्तिगत रिसिबीले नभई मादक पदार्थले मातेपछि गाडी तोडफोड गरेको समक्ष बयान दिएका प्रहरी निरीक्षक पौडेलले बताए ।

बिहान साढे ६ बजे गाडी तोडफोड भएको खबर सबैतिर फैलिएसँगै तत्काल प्रहरी निरीक्षक पौडेलले प्रहरी नायब निरीक्षक निर्मल केसीको कमान्डमा व्यापक प्रहरी परिचालन गरेका थिए ।

बजारमा राखिएका सीसी टिभीका फुटेजका आधारमा प्रहरीले आफ्नो अनुसन्धान अघि बढाएको थियो । सीसी टिभी फुटेजकै आधारमा प्रहरीले मादक पदार्थ सेवन गरेर गाडी तोडफोड गर्ने उक्त दुई जना युवालाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV