२९ जेष्ठ २०७८, शनिबार

झापा । झापाका अति विपन्न परिवारहरूले खाद्यान्न सामाग्री सहयोग पाएका छन् । दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भईरहेको बेला ओरेन्टो मल्टीट्रेड प्रा।लि ले उनीहरूलाई खाद्यान्न सामाग्री सहयोग गरेको हो ।

काठमाडौंमा प्रधान कार्यालय रहेको ओरेन्टो मल्टीट्रेड कम्पनीले कामदाम नहुदा दुई छाक टार्न धौधौ परेका झापा क्षेत्र नम्बर ३ का एक सयबढी अति विपन्न मजदुर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा ओरेन्टोले विपन्न मजदुरलाई प्रति परिवार चामल १ बोरा, नुन १ केजी, दाल १ केजी र तेल १ पोका का दरले वितरण गरेको छ ।

नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सङक्रमणका कारण एक महिनादेखिको जारी निषेधाज्ञाका कारण दैनिक ज्यालामा मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने गरीब मजदुरका लागि समस्या भएको हुँदा हामीले सकेको सानो सहयोग गरेको ओरेन्टो मल्टीट्रेड प्रा.लि का वोर्ड डाईरेक्टर डिल्लीराम पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV