२९ जेष्ठ २०७८, शनिबार

काठमाडौं । प्रतिनिधिसभा विघटन र सरकारको कामकारवाहीको विरोध गर्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ ।

नेविसंघले शनिबार नयाँ बानेश्वरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । पुत्ला दहनका क्रममा उनीहरुले सरकार बिरोधी नारा लगाएका थिए ।

पुतला दहन गर्ने क्रममा प्रहरी नेविसंघ नेताहरुबीच केहिबरे घम्साघम्सी समेत भएको थियो भने प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीको लाठीचार्जबाट नेविसंघका नेता पुष्कर बास्तोला घाइते भएका छन् ।

सरकारको बिरोध गर्दै पछिल्लो समय नेविसंघले निरन्तर बिरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV