२९ जेष्ठ २०७८, शनिबार

हुम्ला । स्वास्थ्य सेवा कार्यालय, हुम्लालाई ३० लाख बराबरको २० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ । काठमाडौँको मिट ग्रुप फाउन्डेसनको सहयोग र कणाीली प्रदेश सभा सदस्य जीवनबहादुर शाहीको समन्वयमा स्वास्थ्य सेवा कार्यालय, हुम्लालाई १० लिटर अक्सिजन उत्पादन क्षमताका २० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको हो ।

जिल्ला अस्पतालमा बाहेक ७ वटै स्थानिय तहमा अक्सिजनको अभाब भैरहेका बेला जिल्लामा कोरोना संक्रमणका बिरामीलाई उपचारमा सहयोग पुगोस् भन्ने हेतुले बिकट जिल्ला हुम्लामा नेता शाहीको पहलमा २० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको मिट ग्रुप फाउन्डेसन काठमाडौंका निर्देशक सुरेश चित्रकारले बताए ।

शेष घले फाउण्डर रहेको मिट ग्रुप फाउन्डेसनले ३० लाख मुल्य बराबरका २० वटा अन्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । अष्ट्रेलिया बस्दै आएका फाउण्डर घलेले कोभिड १९ का संक्रमीतलाई अक्सिजन अति आबश्यक पर्ने भएकाले अक्सिजन नपाएर कोही नेपालीले ज्यान गुमाउन नपरोस र हामीबाट भएको सानो सहयोगले कोरोनाबाट ग्रसित बिरामीहरुलाई बचाउन सकियोस भनेर सहयोग गरिएको निर्देशक चित्रकारले बताए ।

मिट ग्रुप फाउन्डेसनको सहयोग र पुर्ब मन्त्रीसमेत रहेका नेता शाहीको समन्वयमा शनिबार स्वास्थ्यसेवा कार्यालयलाई हस्तान्तण गरिएका २० वटा कन्सन्ट्रेटर मध्ये सिमकोट बाहेक अन्य ६ वटा गाउपालिका लाई २÷२ वटाका दरले १२ वटा कन्सन्ट्रेटर पालिकालाई पठाउने बाँकी ८ वटा जिल्ला अस्पताललाई हस्तान्तरण गर्ने स्वास्थ्यसेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताएका छन् । अक्सिजन कन्सन्ट्रेटर भए पछि अक्सिजन दिनु पर्ने श्वासप्रश्वासका र कोभिड १९ का सामान्य बिरामीहरु पनि जिल्लामा आउनु नपर्ने र यो सहयोगले विकट जिल्ला हुम्लालाई ठूलो राहत भएको प्रमुख सिंहले बताए ।

अहिले जिल्ला अस्पतालमा १९ बेडका लागि डाईरेक्ट लाईन अक्सिजन जडान गरिएको भएपनि कोरोना संक्रमणले गम्भीर खालका बिरामीलाई अक्सिजन दिनुपर्दा अक्सिजन कन्सन्ट्रेटरको प्रयोग गर्ने गरेको छ । प्रमुख सिंहले भने, ‘हामीसंग १५ जना भन्दा बढी बिरामी देखिए कठिनाइ उपचार गर्न कठिनाई भइरहेका बेला मिट ग्रुप फाउन्डेसनले सहयोग गरे पछि कन्सन्ट्रेटरले अब जिल्ला अस्पतालले २३ जनासम्म बिरामीलाई एक पटकमा उपचार गर्न सकिनेछ ।’

शनिबार बिहान काठमाडौँबाट नेपालगञ्ज हुँदै सिमकोट आईपुगेका अक्सिजन कन्सन्ट्रेटरएक कार्यक्रमका बिच मिट ग्रुप फाउन्डेसनका हुम्ला प्रतिनिधि राजबहादुर लामाले स्वास्थ्यसेवा कार्यालयलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV